एप्पलले लन्च गर्यो फेरी आइफोन सिक्स

0
95
iPhone 6-32GB Space Grey
iPhone 6-32GB Space Grey

एप्पलका लागि इतिहास रच्न सफल आइफोन सिक्सलाइ एप्पलले पुन लन्च गरेको छ । नया डिजाइन, ठुलो डिस्प्ले, उत्कृष्ट क्यामरा सहित सन् २०१४ मा एप्पलले लन्च गरेको आइफोन सिक्स ग्राहकहरुले निक्कै मन पराएका थिए ।

यसै कुरालाई मध्यनजर गर्दै एप्पलले बेलायतमा आइफोन सिक्स फेरी लन्च गरेको छ । अहिले बेलायती बजारमा भएका स्मार्टफोनहरुलाई टक्कर दिने उदेस्यले एप्पलले पुन: लन्च गरेको हो ।

आइफोन सिक्स पछि सिक्स एस र सेभेन र सेभेन प्लस समेत लञ्च भइसके पनि आइफोन सिक्स बजर्म बिकिरहेकोले गर्दा पनि एप्पलले यस्तो निर्णय लिएको हुन सक्ने अन्तरास्ट्रिय संचार माध्यमले जनाएका छन् ।

मोबाइल सेवाप्रदायक EE मार्फत किस्ताबन्दीमा उपलब्ध हुने यो आइफोन ३२ जीबी को हुने र ग्रे कलरमा उपलब्ध हुने छ ।

स्मरण रहोस यो भन्दा अघि बेलायतमा आइफोन सिक्स को १६ जीबी, ६४ जीबी र १२८ जीबी मा मात्र उपलब्ध थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here